मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ओली सरकारले ल्यायो व्यापारी पोस्ने बजेट, जनताको हात रित्तो

barnanmedia.com · Thu May 29 21:52:06 GMT 2025

कांग्रेस र एमालेलाई लाग्ने गरेको एउटा आरोप हो, जनताभन्दा पनि व्यापारी पोस्छन्। कुनै बेला मध्यम वर्गीयको भोटको पहिलो रोजाइ रहेको एमाले अहिले सभ्रान्त वर्गतिर ढल्कीसकेको छ। कांग्रेस त जन्मजात नै हुनेखाने वर्गको पार्टी भनेर आरोप लाग्ने गरेको छ।

तिनै कांग्रेस र एमालेले संघीयतापछि पहिलो पटक सँगै मिलेर बजेट ल्याएका छन्। दुई दलबीचको सहमति अनुसार गत वर्ष ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा छन्। अर्थमन्त्री विष्णु पौडेल पनि एमालेकै हुन्। सत्ता घटक कांग्रेससँग मिलेर एमालेले बिहीबार संसदमा बजेट प्रस्तुत गरेको छ। बजेट हेर्दा लाग्छ, कांग्रेस र एमालेका प्राथमिकता जनता होइनन् ब्यापारी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)