सुपथ मूल्य पसल आजदेखि
karobardaily.com · Fri Sep 17 00:27:00 GMT 2021
चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुने भएको छ । चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सुपथ पसल सञ्चालन गर्न लागिएको हो ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«ेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थान(डीडीसी)ले आफ्ना उत्पादन सुपथ मूल्यमा बिक्री गर्ने छन् । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कार्यालयको बिक्री केन्द्र रहेका स्थानमा सुपथ मूल्यका पसल शुक्रबारदेखि सञ्चालनमा ल्याइने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)