मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार

barnanmedia.com · Thu May 29 22:18:03 GMT 2025

हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा कार्यालयले बिहीबार सोही वडाको देवी योङहाङ स्मृति भवनमा विद्यार्थी प्रोत्साहन कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा वर्षा थुङ्गिम लिम्बूलाई ल्यापटप उपहार दिएको हो । यहाँको निलगिरि माध्यमिक विद्यालयकी छात्रा थुङ्गिमले तीन दशमलव ७५ जिपीए ल्याई एसइर्ई उत्तीर्ण गर्नुभएको थियो । छात्रा थुङ्गिमलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा सेढाईँ तथा वडाध्यक्ष बिर्खबहादुर सुहाङले दोसल्ला र प्रशंसापत्रले सम्मान गरी ल्यापटप उपहार दिनुभएको थियो । अन्य विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्न वडाका अगुवाहरूले उत्कृष्ट अङ्क ल्याउने छात्रालाई सम्मान गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)