मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चुरोटको धुवाँमा बस्नेलाई बाथ रोग हुन सक्छ

khabarhub.com · Tue Dec 13 00:37:34 GMT 2022

काठमाडौँ : मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थाल्ने अवस्था बाथ रोग हो । नसर्ने र दीर्घ रोग प्रकृतिको बाथलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोग समेत भनिन्छ । बाथ रोग युरिक एसिडको मात्र समस्या हो भन्ने धेरै मानिसको बुझाइ छ । तर यो मात्र सत्य कुरा भने होइन । धेरै किसिमको बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो । युरिक एसिडले जोर्नीलाई मात्र नभई शरीरका भित्री अङ्गमा समेत असर पारेको हुन्छ । युरिक एसिडले कलेजोमा बोसो जमाउन सक्छ । यसै विषयमा आधारित रहेर वरिष्ठ बाथ रोग विशेषज्ञ डाक्टर विनीत वैद्य सँग त्रिगुना भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)