सिक्किममा ताल फुट्दा बाढी, १ नेपालीसहित १० को मृत्यु, ८८ बेपत्ता
annapurnapost.com · Thu Oct 05 00:45:35 GMT 2023
झापा : सिक्किमको लोनार्क ग्लेसियर ताल बिस्फोट भएर टिस्टा नदीमा बाढी आउँदा एक नेपालीसहित १० को मृत्यु भएको छ, २३ सैनिकसहित ८८ बेपत्ता छन्। बुधबार बिहानको राति १ बजे नदीमा ताल फुटेर बाढी आएको थियो। बाढीले अर्बौंको भौतिक क्षति गर्नुको साथै सयौंको ज्यान लिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जसमा नेपाली पनि परेका छन्।
सिक्किम सरकारले बुधबार साँझ प्रेस विज्ञप्तिमार्फत बाढीमा परी मृत्यु हुनेमा नेपाली नागरिक मोरङका ४५ वर्षीय भरत घतानी रहेको जनाएको छ। घतानीको शव रुद्र शंकरको घरमा फेला परेको थियो। उनको शवलाई सिङ्ताम जिल्ला अस्पतालमा राखिएको छ। उनी त्यहाँ घुम्नका लागि गएको हुनसक्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)