वैदेशिक रोजगारीमा आकर्षक तलबको पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ
barnanmedia.com · Thu May 29 22:55:41 GMT 2025

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने सल्यानको कपुरकोट गाउँपालिका–५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाण्डु महानगरपालिका–६ बस्ने सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ घर भएका ४० वर्षीय शिवराम घिमिरे छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)