दक्षिण अफ्रिकामा बाढी पहिरोमा परी मर्नेको सङ्ख्या २५० नाघ्यो
baahrakhari.com · Wed Apr 13 17:26:00 GMT 2022
डर्वान । भयानक बाढी पहिरोका कारण दक्षिण अफ्रिकाको क्वाजुलु–नातल प्रान्तमा मर्नेको संख्या २५० नाघेको छ । स्थानीय निकायले सो क्षेत्रलाई दैवी प्रकोप पीडित क्षेत्र घोषित गरियोस् भन्ने माग गरिरहेको छ ।
त्यहाँका केही क्षेत्रमा महिनाभरि पर्ने पानी एकैदिनमा परेको छ । सरकारी अधिकारीहरूले यस स्थितिलाई मुलुकको इतिहासकै सबैभन्दा खराब मौसमी प्रकोपमध्ये एक भएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)