मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिधै योजना माग्ने चलनको अन्त्य गर्न सम्भाव्यता अध्ययन

abhiyandaily.com

जाजरकोट । जथाभावी योजना माग्ने कार्यशैली अन्त्य गर्नका लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १० जिल्लामा सम्भाव्यता अध्ययन गर्ने भएको छ । मन्त्रालयमा विभिन्न जिल्लाबाट उपलब्ध भएका योजनाको नामसहित जिल्ला कार्यालयलाई सम्भाव्यता अध्ययन गरी योजना छनोट गर्न निर्देशन दिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । सम्भाव्यता अध्ययनविना नै योजनाका लागि बजेट विनियोजन गर्दा व्यापक मात्रामा अनियमिता हुने गरेका गुनासो आएपछि मन्त्रिस्तरीय निर्णय गरेर जिल्लामा योजनाको विवरण पठाइएको हो ।

योजना छनोट पारदर्शी बनाई उपलब्धिमूलक बनाउन यो सम्भाव्यता अध्ययनको शुरुआत गरिएको शर्माले जानकारी दिए । सो निर्णयअनुसार सबै जिल्लामा योजनाको विवरण पठाएर सम्भाव्यता अध्ययन शुरू गरिएको हो । कर्णाली प्रदेश पूर्वजलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जथाभावी योजना लिएर अनियमितता गर्ने परिपाटी बन्द गर्न यो कदम चालिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)