मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

barnanmedia.com · Thu May 29 23:14:07 GMT 2025

पोखरा महानगरपालिका-२५ मर्दी खोलाको ड्याममा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।

साथीहरु सँग पौडी खेल्न गएका माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)