स्वदेश फर्किनुअघि रवि–नीकिताको अयोध्याको राम मन्दिरमा पूजा–अर्चना
kalakarmi.com · Fri Jun 05 04:16:36 GMT 2026

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रवार बिहान भारत भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा अयोध्या पुगेका छन् । लामिछानेले धर्मपत्नी नीकिता पौडेल तथा पार्टीका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहोरासहित अयोध्यास्थित राम मन्दिरमा दर्शन गर्दै पूजा–अर्चना गरेका हुन् ।
रवि लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले राम मन्दिरमा धार्मिक अनुष्ठान सम्पन्न गरेपछि आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ सोमवार गते भारत भ्रमणमा गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)