मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

ratopati.com · Thu Nov 20 23:04:00 GMT 2025

काठमाडौँ । चलचित्र ‘अभिमन्यु’ च्याप्टर–१’ को नयाँ गीत ‘ मरौ ज्यानले ’ सार्वजनिक भएको छ । मङ्सिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ। गीतमा सुरेश बादलको शब्द छ । प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ । सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ । प्रेमिकाको कोमल हृदयको तारिफ गर्दै सँगै बिताएका पल समेटिएको गीतले अव्यक्त प्रेममा रहँदाको प्रसंग पनि समेटेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेश देख्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)