पशुपतिमा पुल भत्किँदा दुई जना घाइते
onlinekhabar.com · Tue Mar 01 16:55:42 GMT 2022
१७ फागुन, काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)