मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘एसपीपीबारे अमेरिकालाई पत्राचार भइसक्यो’

gorkhapatraonline.com · Sat Jul 30 00:32:44 GMT 2022

काठमाडौँ, साउन १४ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुनेसम्बन्धी मन्त्रिपरिषद्को निर्णयको जानकारी कूटनीतिक रूपमा पत्राचार भइसकेको बताउनुभएको छ।

प्रतिनिधि सभामा विशेष समय लिएर मन्त्री डा. खड्काले साउन ९ गते नै पत्राचार भइसकेको जानकारी दिनुभयो। प्रतिनिधि सभामा पटक–पटक पत्राचार नभएकोबारे सरकारको ध्यानाकर्षण गराइएपछि सभामुख अग्निप्रसाद सापकोटाले पत्राचारको जानकारी दिन साउन ५ गते रुलिङ गर्नुभएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)