कोशी प्रदेश : दुग्धजन्य वस्तु निर्यातको मापदण्ड तयार
ratopati.com · Tue Feb 06 00:25:00 GMT 2024
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ तथा धुलो दुध निर्यातलाई प्रोत्साहन अनुदान दिने न्यूनतम मापदण्ड लागु गरेको छ । प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान (दोस्रो संशोधन) मापदण्ड २०८० लागु गरेको हो ।
उक्त मापदण्ड अनुसार नौनीलाई प्रतिकिलो ९० रुपैयाँ, घिउमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)