आपसी सदभाव कायम गरी होली मनाउन आग्रह
lokaantar.com · Mon Mar 06 00:22:28 GMT 2023
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपसी सदभाव र मित्रता कायमगरी अनुशासित तरिकाले होली पर्व मनाउन आग्रह गर्दै पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो शुभकामना व्यक्त गरेका हुन् ।
“रङ्गीन पर्व फागु पुर्णिमा अर्थात् रंगहरुको उत्सव होली २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)