किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ
gorkhapatraonline.com · Tue Mar 31 17:34:05 GMT 2026

शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा बीउ वितरण कार्यक्रम अगाडि बढाएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार सावा मन्सुली, रामधान, राधा–४, हर्दिनाथ–३, हर्दिनाथ–६, सर्जु–५२, सुक्खा–३ र ६ धानको बीउ खरिद गरी समूह, सहकारी र कृषि फर्ममार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)