मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

अब राहदानीको ‘थर्ड जेनेरेसन’

ekantipur.com · Thu Nov 18 01:07:06 GMT 2021

काठमाडौँ — उनले जब श्रीलंकाको यात्रा गरेका थिए, त्यसबेला राहदानी थिएन । सरकारी छापसहितको कागजमा ‘जोसँग सम्बन्धित’ को एउटा सिफारिस पाए । यात्रा गर्न मिल्यो । संस्कृतिविद् सत्यमोहन जोशीको राहदानी बन्यो २००७ सालमा । उक्त राहदानी लिएर चीनको यात्रा गर्दा पत्नी र छोराका लागि छुट्टै राहदानी थिएन, बरु उनकै राहदानीमा परिवारको फोटो टाँस्दा काम चलेको थियो । उनै शताब्दी पुरुष जोशीले नेपालमा बुधबारदेखि जारी भएको ‘थर्ड जेनेरेसन’ को पहिलो राहदानी प्राप्त गरेका छन् ।

विद्युतीय संस्करणमा सुधारिएको प्रविधिसहितको ई–पासपोर्ट उनलाई परराष्ट्रमन्त्री नारायण खड्काले हस्तान्तरण गरे । राजधानीमा आयोजित कार्यक्रममा ई–पासपोर्ट पाउँदा परिवर्तनका साक्षी जोशीले पहिलो राहदानी र राहदानीबिनै विदेश यात्राको सात दशकअघिका क्षण स्मरण गरे । राहदानीले नेपालको पहिचान बोक्ने उल्लेख गर्दै उनले निकै महत्त्व हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)