मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका नवनियुक्त अधिकृतलाई आधारभूत प्रशिक्षण

lokaantar.com · Wed Feb 15 23:45:10 GMT 2023

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका नव–नियुक्त राजप्रत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुलाई प्रशासनसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरेको छ । ३६ औं आधारभुत प्रशासन प्रशिक्षण कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालको अध्यक्षतामा बुधबार भएको हो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सार्वजनिक जीवनमा कर्मचारीहरुका लागि समयको महत्व भएकाले प्रभावकारी काम गर्न आग्रह गरेका थिए । उनले नव–नियुक्त अधिकृतहरुलाई आफ्नो प्रतिभा, क्षमता र कार्यशैलीमा आवश्यक सुधारात्मक विकास गर्न सुझाव दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)