बेलायत सरकारद्वारा नयाँ कोइला खानीहरू बन्द गर्ने घोषणा
gorkhapatraonline.com · Thu Nov 14 17:08:33 GMT 2024

लन्डन, कात्तिक २९ गते । बेलायतले बिहीबार नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानुन ल्याउने घोषणा गरेको छ । लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा आएको हो ।
सरकारले जलवायु परिवर्तनको सामना गर्न ‘महत्त्वपूर्ण कदम’ भन्दै ‘सकेसम्म चाँडो’ नयाँ कोइला खानीहरूको भविष्यको इजाजतपत्र प्रतिबन्धित गर्न नयाँ कानुन ल्याउने घोषणा गरेको थियो । यो घोषणा बेलायतको अन्तिम कोइलाबाट चल्ने पावर स्टेशन रेटक्लिफ–अन–सोअर अक्टोबरमा बन्द भएपछि आएको हो । यसले बेलायतलाई बिजुलीका लागि जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्ने पहिलो जी ७ देश बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)