मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता

gorkhapatraonline.com · Sat Jun 13 11:47:47 GMT 2026

पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थी एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीले शनिबार बताएका छन् ।

विभिन्न अभियोगमा पक्राउ परेका कैदी दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीले जनाएका छन् । अनुमानित ६० लाख अफगानी विदेशमा रहेका छन्, जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् भने पछिल्लो समयमा दुवै देशले कागजातविहीन विदेशी नागरिकलाई आफ्नो घर फर्कन दबाब बढाएको छ । रासस/सिन्ह्वा

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)