किन बनाइयो राजनीतिक समिति ?
ekantipur.com · Wed Nov 10 01:06:33 GMT 2021
काठमाडौँ — सत्ता गठबन्धनका पाँच दलले ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ बनाएकामा ‘गैरसंवैधानिक शक्ति केन्द्र’ को अभ्यास गर्न खोजिएको भन्दै आलोचना हुन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवानिकट मन्त्री तथा नेताहरू समन्वय समिति गठनप्रति सशंकित देखिएका छन् ।
पार्टीभित्रै देउवाका प्रतिद्वन्द्वी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समितिमा दुई महिना संयोजक रहने भएकाले पनि उनीहरूमा संशय उत्पन्न भएको हो । कतिपय नेताले भने मुलुकलाई ‘अर्ली इलेक्सन’ मा लैजाने पृष्ठभूमि तयार पार्नकै लागि समिति बनाइएको भनेर व्याख्या गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)