प्रकाश भुजेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने
baahrakhari.com · Thu Nov 14 17:24:05 GMT 2024

काठमाडौं । काठमाडौं शङ्खरापुर नगरपालिका–९ ईद्रायणीस्थित साँखु–थली सडकखण्डमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको घटनामा पक्राउ परेका प्रकाश भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले भुजेललाई आज पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)