कोनोली चम्किँदा गुजरातमाथि पञ्जाबको जित
ratopati.com · Tue Mar 31 18:01:46 GMT 2026
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ । कोपर कोनोलीको अविजित अर्धशतकीय पारीको मद्दतले पञ्जाबले ५ बल बाँकी छँदै रोमाञ्चक जित निकालेको हो ।
गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पञ्जाबको जितमा कोपर कोनोली नायक बने । उनले मात्र ४४ बलमा अविजित ७२ रनको उत्कृष्ट पारी खेले । उनलाई प्रभसिमरन सिंहले ३७ तथा श्रेयस अय्यरले १८ रन बनाएर साथ दिएका थिए । गुजरातका लागि बलिङतर्फ प्रसिद्ध कृष्णले ३ विकेट लिए भने राशिद खान र वासिङ्टन सुन्दरले एक–एक विकेट हात पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)