धार्मिक पर्यटकीय स्थल गङ्गा खोला संरक्षणमा जुट्दै स्थानीयबासी
rajdhanidaily.com · Thu Nov 20 23:21:11 GMT 2025

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यो स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयबासी श्रमदान अभियानमा जुटेका हुन् ।
वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षारोपन गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाई गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताए। यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)