विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल
ratopati.com · Thu Nov 14 17:25:00 GMT 2024

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत भई जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताएका छन् ।
पार्टी निकट नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले नेपाल संवत् ११४५ का अवसरमा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आएको बताए । उनले वर्गीय हितका क्षेत्रमा क्रियाशील हुनुपर्ने कम्युनिष्ट शक्ति सत्ता केन्द्रित राजनीतिमा लाग्न नहुने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)