बाराको स्वाभिमान बस्तीमा महाकविको सालिक स्थापित
baahrakhari.com · Tue Nov 12 17:24:55 UTC 2024

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसर पारेर बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित कतर्वा, स्वाभिमानबस्तीमा हालै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण गरिएको छ । सालिक रहेको चोकको नाम समेत देवकोटा चोक राखिएको छ ।
स्वाभिमान बस्तीमा निर्मित महाकवि देवकोटाको सालिक पूर्वमन्त्री ज्वाला साहले अनावरण गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)