तीन डीआईजीको बढुवा सिफारिस लोकसेवाद्धारा सदर
kathmandupati.com · Wed Mar 30 16:10:36 GMT 2022
काठमाण्डु- लोकसेवा आयोगले नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारले गरेको सिफारीसलाई सदर गरेको छ । वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएपछी उनिहरुको बढुवा रोकिएको थियो ।
गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)