रवि लामिछानेको बयान सकियो, शुक्रबार पोखरा पठाइने
ekantipur.com · Thu Nov 14 17:42:02 GMT 2024
बुटवल — सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । तीन दिनदेखि जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा जारी बयान बिहीबार राति सकिएको हो ।
अनुसन्धान अधिकारीहरूले ७४ वटा प्रश्न सोधेका थिए । धेरै प्रश्नमा उनले इन्कारी बयान दिएको अधिकारीहरूले बताए । कतिपय प्रश्नमा प्रतिप्रश्न पनि गरेका थिए । आफ्नो रूपन्देहीसँग कुनै वतन, सम्बन्ध नभएको र सुप्रिम सहकारीको आफू सदस्य नभएको र सहकारीसँग कुनै पनि आर्थिक कारोबार नरहेको लामिछानेले जिकिर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)