थन्डर बोल्ट्स डेभलपमेन्टले यू–१६ स्कुल फुटबल लिग गर्ने
baahrakhari.com · Wed May 20 16:21:58 GMT 2026
काठमाडौं । थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा यू–१६ नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमा आयोजकका कार्यकारी निर्देशक वरुण खड्काले आउँदो जेठ २३ गतेबाट ललितपुरको थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरमा प्रतियोगिता सुरु हुने जानकारी दिए । यो प्रतियोगिताको दोस्रो संस्करण हो ।
प्रतियोगितामा आठ टोली जेम्स थन्डरबोल्ट्स (जेम्स स्कुल), सुपर डाँफेज् (डीएभी स्कुल), माउन्ट कान्जिरोवा एफसी (कान्जिरोवा स्कुल), एलए ड्रागन (लिटल एन्जल्स), रेड पान्डाज (रातो बंगला), एक्सेलसर इगल्स (एक्सेलसर स्कुल), सगरमाथा फुटबल क्लब (सेन्ट जेभियर्स स्कुल) र पाठशाला राइनोज (पाठशाला नेपाल फाउन्डेसन)ले सहभागिता जनाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)