ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितलाई ५ करोड राहत घोषणा
annapurnapost.com · Thu Aug 27 07:26:31 GMT 2026

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज,उद्धार,तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान गराउँदा मानवीय र भौतिक क्षति भएको छ। बाढीका कारण कैयौं नागरिकको ज्यान गएको,धेरै बेपत्ता भएको तथा सयौं परिवार विस्थापित भएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)