राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी सरकारले दियो एन्थ्रोपिकलाई एआई मोडेल बन्द गर्ने निर्देशन
techpana.com · Sat Jun 13 11:49:53 GMT 2026

काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकले सबैभन्दा अत्याधुनिक दाबी गरिएका एआई मोडेल ‘क्लाउड फेबल ५’ र ‘मिथोस ५’को सेवा तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै स्वदेश तथा विदेशमा रहेका विदेशी नागरिकका लागि यी मोडेलको पहुँचमा रोक लगाउन निर्देशन दिएपछि कम्पनीले यो कदम चालेको हो ।
एन्थ्रोपिकका अनुसार शुक्रबार बेलुका ५:२१ बजे (इस्टर्न टाइम) विदेशी नागरिकको पहुँचमा रोक लगाउने सरकारी निर्देशन प्राप्त भएको थियो । कम्पनीले सरकारी निर्णयमा कतिपय ‘असमझदारी’ रहेको उल्लेख गर्दै सरकारको यो निर्देशन तत्काल फिर्ता गर्नका लागि पहल भइरहेको जनाएको छ । सरकारको यस निर्देशनबाट कम्पनीका अन्य एआई मोडेलको एक्सेसमा भने कुनै असर नपर्ने स्पष्ट पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)