आजकै दिन : मदर टेरेसा भारतमा
ekantipur.com · Sat Jan 06 01:24:49 GMT 2024
काठमाडौँ — सन् १९२९ मा आजकै दिन (जनवरी ६) मा मदर टेरेसा भारत आइपुगेकी थिइन् । टेरेसालाई भारतका गरिबहरूलाई गरेको अतीव सेवाका कारण संसारभर सम्मान गर्ने गरिन्छ ।
१९१० अगस्ट २० मा मेसेडोनियामा जन्मिएकी टेरेसा १९ वर्षको उमेरदेखि नै समाज सेवामा होमिएकी थिइन् । भारत कोलकता आएपछि दार्जिलिङ पुगेकी उनले त्यहाँको एक स्कुलमा पढाएकी थिइन् । १९४६ मा उनी पुनः कोलकाता फर्केर दुःखी, गरिबको सेवा गर्न थालेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)