जलनपीडितले भेटे स्वास्थ्यमन्त्री, बेग्लै वार्ड र निःशुल्क उपचारको माग
ratopati.com · Tue Nov 12 19:15:00 UTC 2024

काठमाडौँ । जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेका छन् । सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेका लागि निःशुल्क उपचारको व्यवस्था हुनु सकारात्मक रहेको बताएका हुन् ।
आफैँ जलनपीडित समेत रहेकी सांसद कंशाकारले अहिले जलनपीडितलाई उपचारमा सहज भएको बताइन् । 'उपचार सहज बनाउन विगतमा मैले पटक–पटक कुरा उठाएँ । संसदमा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर, अहिले हामीले लामो समयदेखि उठाएको जलनपीडितका समस्या सम्बोधन भएका छन्,' उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)