सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन शुक्र र भुवन शीर्षस्थानमा
baahrakhari.com · Wed May 20 16:38:18 GMT 2026
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्रबहादुर राई र भुवन नगरकोटी समग्रमा ८–अन्डर १२८ को स्कोरमा संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । उनीहरू दुवैले बुधबार ६–अन्डर ६२ को उत्कृष्ट स्कोरमा धनबहादुर थापालाई तीन स्ट्रोकले पछि पारे । धनले आज दिनकै उत्कृष्ट ७–अन्डर ६१ को स्कोर बनाए । उनले समग्रमा ५–अन्डर १३१ स्कोर दर्ज गरे ।
यस्तै, ३–अन्डर १३३ सहित रामे मगर, भुवनकुमार रोक्का र पहिलो दिनका लिडर दिनेश प्रजापतिले संयुक्त रूपमा चौथो स्थान बाँडे । रामेले आज इभन–पार ६८, भुवन रोक्काले १–ओभर ६९ र दिनेशले ३–ओभर ७१ को स्कोर निकाले ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)