मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–इरान सम्झौता ‘धेरै नजिक’

khabarhub.com · Sat Jun 13 12:05:21 GMT 2026

वाशिङ्टन डीसी- अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताएका छन् । यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेपछि सम्झौताको सम्भावनालाई थप बढावा मिलेको छ । पोष्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय