मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमालय कलेज अफ इन्जिनियरिङमा दीक्षित भएका विद्यार्थीहरूका लागि ‘ग्य्राजुएसन डे’ सम्पन्न

kendrabindu.com · Sat Jun 13 12:05:12 GMT 2026

काठमाडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा दीक्षित भएका विद्यार्थीहरूका लागि ‘ग्य्राजुएसन डे’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा कलेजबाट आर्किटेक्चर (२०७७-ब्याच) र बी‍.ई. सिभिल कम्प्युटर, इलेक्ट्राेनिक्स,कम्युनिकेसन एण्ड इन्फर्मेशन, बीएससी सीएसआईटी र बीसीए (२०७८-ब्याच)का अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि दीक्षित गरिएकाे हाे । कार्यक्रममा विद्यार्थीहरू, अभिभावक र कलेज परिवारको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै हिमालय कलेज अफ इन्जिनियरिङका निर्देशक किशोर गौतमले विद्यार्थी जीवनमा संगतको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताए । “तपाईंहरूले विगत चार-पाँच वर्ष कस्तो संगत गर्नुभयो र अबका दिनमा कस्तो संगत गर्नुहुन्छ, त्यसले तपाईंको भविष्य निर्धारण गर्छ,” उनले भने ।

संगतको महत्त्वलाई प्रस्ट्याउन वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र उनका चालक (ड्राइभर) बीचको एउटा चर्चित र रोचक प्रसङ्ग स्मरण गराएका उनले भने, “तपाईंहरू जतिसुकै ठुलो मान्छे बन्नुहोस् वा जतिसुकै उच्च ओहोदामा पुग्नुहोस्, यदि तपाईंमा संस्कार र अनुशासन छैन भने त्यो शैक्षिक प्रमाणपत्रको कुनै अर्थ रहँदैन।”

साथै कलेजका भाइस प्रिन्सिपल ईं. अशोक जि.एम.ले विद्यार्थीहरुसँग सहकार्य गरेका पलहरु स्मरण गर्दै सबैलाई बधाई तथा धन्यवाद दिएका छन् । सफलताको नयाँ दृष्टिकोणको परिभाषा समेत दिएका छन् । सामान्यतथा अफलतालाई वर्षमा मापन गरिए पनि वास्तवमा यसलाई प्रत्येक एकाइ अर्थात सेकेन्डमा नापिने उनको तर्क थियो ।

हरेक सेकेन्डमा मानिसको दिमागमा आउने सोच र त्यसलाई परिभाषित गर्न गरिने मिनेटहरु नै पछि गएर वर्षहरुमा परिणामका रुपमा रुपान्तरित हुने र सोही सोचलाई हरेक दिन कार्यान्वयन गर्दै जाँदा नै मानिस सफल व्यक्तित्वका रुपमा समाजमा उभिन सक्ने उनले प्रस्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय