उद्योगमैत्री बन्दैनन् कानुन
ekantipur.com · Tue May 24 00:42:00 GMT 2022
काठमाडौँ — उद्योग व्यवसाय लक्षित भनिएका कानुन वास्तवमा उद्योग व्यवसायका लागि नभई सरकारका लागि बनेकाले ती प्रभावकारी नभएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले बताएका छन् । ‘सरकारले आफ्नोअनुसार कानुन बनाउने र निजी क्षेत्रले सरकारलाई बुझाउन नसक्ने वा नसकेको अवस्था छ,’ उनले भने, ‘यसकारण निजी क्षेत्रमैत्री नीति तथा कानुन बन्न सकेनन् ।’
पूर्वअर्थमन्त्री वर्षमान पुनले भने कानुन निर्माणमा पारदर्शिता रहेको र सरोकारवाला निकायलाई सँगै लिएर हिँडिएको अवस्था रहेको दाबी गरे । ‘उद्योगी र श्रमिकको बीचमा समझदारी गरेर बनाइएको उदाहरणीय कानुन श्रम ऐन २०७४ छ,’ उनले भने । ‘मेक इन नेपाल स्वदेशी समिट–२०२२’ को दोस्रो सत्र ‘उत्पादकत्व वृद्धिमा कानुनी तगारा’ मा सचिव र पूर्वअर्थमन्त्रीका कुरा बाझिए । उत्पादकत्व वृद्धिका लागि तीनै तहका सरकारको समन्वय र सहकार्यको खाँचो रहेको पूर्वअर्थमन्त्री पुनले बताए । संघीय, प्रादेशिक र स्थानीय नीति तथा कानुन सोहीअनुरूप तर्जुमा गर्नुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)