मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच देशका पर्यटकको सातवर्षे तुलना

abhiyandaily.com

यो लेखमा वर्षैपिच्छे धेरै संख्यामा नेपाल आउने पाँच देशका विदेशी पर्यटकका सातवर्षे तथ्यांक केलाएर छोटकरीमा उल्लेख गरिएको छ । नेपाल भ्रमण गर्न आउने पाँच देशका धेरै पर्यटकका सातवर्षे तथ्यांक हेर्दा अघिल्ला केही वर्षअघि (कोरोना महामारी) सम्म जहिले पनि पहिलो संख्यामा भारतीय पर्यटक र दोस्रो संख्यामा चिनियाँ पर्यटक रहने गरेका थिए । तेस्रो स्थानमा चाहिँ कहिले बेलायतका पर्यटक रहने गरेका थिए भने, कहिले अमेरिकाका पर्यटक रहने गरेका थिए । त्यस्तै कहिलेकाहीँ दक्षिण एशियाली मुलुक श्रीलंकाका पर्यटक पनि तेस्रो स्थानमा रहने गरेका देखिन्थे ।

यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने पाँच देशका सातवर्षे तथ्यांकका बारेमा भन्नु पर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) को सातवर्षे तथ्यांक हेर्दा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंंका, थाइल्यान्ड, दक्षिण कोरियालगायत देशका पर्यटक ‘सर्वाधिक पाँच’भित्र पर्ने गरेका थिए । म्यानमार, अस्ट्रेलिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटक नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने गरेका थिए । तर, कोरोना महामारीका कारण पछिल्ला २ वर्ष सन् २०२० र सन् २०२१ मा नेपालमा खासै पर्यटक संख्या बढेन । हुन पनि सन् २०२० मा २ लाख ३० हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ म बितेको १० महीनामा १ लाख १ सय चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । बाँकी २ महीनामा १२–१५ हजारदेखि १९–२० (बढीमा २४–२५ हजार) हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आउलान् कि ?

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)