मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानद्वारा लामो दूरी मिसाइल तैनाथ

barnanmedia.com · Tue Mar 31 21:35:00 GMT 2026

क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ । अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल सञ्चालनमा ल्याइएको हो, जसले देशको आक्रामक क्षमतामा उल्लेखनीय विस्तार गरेको सङ्केत दिएको छ ।

जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित उक्त मिसाइलको दायरा करिब एक हजार किलोमिटर पुगेको छ । यो यसको पुरानो २०० किलोमिटर क्षमताभन्दा निकै ठूलो विस्तार हो । यसले जापानलाई टाढाबाटै सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ । यस्तो क्षमता जापानले दशकौँदेखि पालन गर्दै आएको आत्मरक्षा–केन्द्रित सुरक्षा नीतिमा परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)