उमेदवारको नामावलीउपर आज दाबी विरोध
baahrakhari.com · Sun Mar 12 00:55:00 GMT 2023
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत आज उमेदवारको नामावली उपर दाबी विरोध गर्न सकिनेछ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दाबी विरोधको समय तोकिएको छ ।
उमेदवारमाथिको दाबी विरोधमाथि छानबिन गरेपछि फागुन आज बेलुका ५ बजे नामावली प्रकाशन गर्ने कार्यतालिका छ । भोलि दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिने र भोलि दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)