मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मामाघरमा तीज मनाएर घर फर्किंदा खोला तर्ने क्रममा १ जनाको मृत्यु

lokaantar.com · Thu Sep 01 00:56:38 GMT 2022

सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधवार साँझ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)