विश्वकै ठूलो वित्तीय घोटालामा मलेसियाका पूर्वप्रधानमन्त्री दोषी: १ अर्ब ३० करोड डलर क्षतिपूर्तिको फैसला
barnanmedia.com · Tue Mar 31 21:45:01 GMT 2026

मलेसियाको उच्च अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ। नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम करिब १५ खर्ब ६७ अर्ब ४३ करोड रूपैयाँ हुन आउँछ। पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै अदालतले रजाकलाई यो भारी अंकको जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो।
मलेसियाका सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अन्तर्ष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मलेसियाको उच्च अदालतका न्यायाधीश अहमद फिरुज जैनोल अबिदिनले सुनाएको यो फैसलाले मलेसिया मात्र होइन, विश्वभरका भ्रष्ट शासकहरूका लागि 'खतराको घण्टी' बजाइदिएको छ। सरकारी लगानीको कम्पनी एसआरसी इन्टरनेसनलले दायर गरेको देवानी मुद्दामा अदालतले रजाकलाई कम्पनीको अर्बौँ डलर नोक्सानीका लागि व्यक्तिगत रूपमा जिम्मेवार ठहर्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)