७ खर्ब ५५ अर्ब बेरुजु घटाउन लेखा समितिको ‘फास्ट ट्र्याक’ योजना
nepalpress.com · Sat Jun 13 12:14:20 GMT 2026

काठमाडौं । सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ । ठूलो रकम फछ्र्यौट नहुँदा सरकारी निकायको कार्यक्षमतामा प्रश्न उब्जिएकाले पनि नीतिगत सहजीकरण गर्न लागेको समितिको भनाइ छ ।
समितिका सभापति भरतबहादुर खड्काले वर्षौंदेखि सार्वजनिक निकायसँग बेरुजुको रकम बढ्दा सरकारी निकायप्रति नै कार्यक्षमता र कार्यशैलीतर्फ प्रश्न उब्जिएकाले पनि योजनाबद्ध र आक्रामक शैलीमा बेरुजु फछ्र्यौट गर्ने गृहकार्यमा जुटेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ