बुटवलमा जारी लिग नकआउट प्रतियोगिता: फुलबारी गाईजलाई १-० गोलले हराउँदै बुद्धभूमि विजयी
hamrakura.com · Sun Jan 29 00:00:00 GMT 2023
रुपन्देही । बुटवलमा जारी रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिता-२०७९ को तेस्रो दिन प्रतिष्पर्धात्मक खेल सम्पन्न भएको छ । सिद्धेश्वर खेल मैदानमा जारी खेलमा शनिवार (आज) तामनगर स्थित फुलबारी गाईज र सैनामैना स्थित बुद्धभूमि युवा क्लब विच खेल भएको हो ।
प्रतिष्पर्धात्मक खेलमा फुलबारी गाईजलाई हराउँदै बुद्धभूमि युवा क्लब विजयी भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा शनिबार भएको खेलमा तामनगरको फुलबारी गाईजलाई १–० गोल अन्तरले पराजित गर्दै बुद्धभूमि युवा क्लबले जित निकालेको हो । कडा प्रतिष्पर्धात्मक खेलको ४८ औं मिनेटमा बुद्धभूमिका साजन परियारले आकर्षक गोल गर्दै जित निकालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)