युक्रने युद्ध : मेयरले पत्रकारहरूलाई लास देखाए
baahrakhari.com · Sun Apr 03 23:15:00 GMT 2022
बुचा । युक्रेनको राजधानी किभदेखि उत्तरी भागमा रहेको बुचा सहरका मेयरले आइतबार रुसी फौजले कब्जा गरेका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका लासहरू देखाएका छन् । त्यहाँ चेचेन लडाकुहरूले पनि नियन्त्रण कायम गरेका थिए ।
मेयर अनातोली फेदोरकले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका पत्रकारहरूलाई कपडाले हात बाँधिएको अवस्थामा दुईवटा लास देखाएका थिए । उनले रुसी फौजलाई सहयोग गर्न दक्षिणी रुसी क्षेत्र चेच्न्याबाट आएका लडाकुहरूले त्यहाँका वासिन्दामाथि अमानवीय व्यवहार गरेको पनि बताएका छन् । सेतो कपडाले हातहरू बाँधिएका एउटा लाुको मुखमा गोली हानिएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)