पर्यटन मन्त्री पाण्डेले करोड घुस लिएका हुन्? प्रतिपक्षले बनाउन सक्छ मुद्दा
barnanmedia.com · Tue Nov 12 21:28:02 UTC 2024

कांग्रेस र एमाले गठबन्धनको सरकार छ। कांग्रेस नेता बद्री पाण्डे पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन्। तर, कांग्रेसकै सांसद राजेन्द्र बजगाईँले पाण्डेमाथि गम्भीर आरोप लगाएका छन्। पर्यटन व्यवसायीसमेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा मन्त्री पाण्डेले एक करोड घुस खाएको आरोप लगाएपछि राजनीतिक बजार गर्माएको छ। त्यति मात्र होइन पाण्डेले घुसको पैसाबाट घरसमेत किनेको जिकिर गरेका छन्।
बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र सार्वजनिक गरेका छन्। ‘एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति ,गृह ,परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं,’ बजगाईँले भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)