प्रदेशका आयोग र बोर्ड बने भर्ती केन्द्र
annapurnapost.com · Sat Dec 18 06:42:00 GMT 2021
जनकपुरधाम : प्रदेश २ सरकारले एक दर्जनभन्दा बढी आयोग, समिति र बोर्ड गठन गरेको छ। तर, यी कार्यकर्ता भर्ती केन्द्र मात्रै बनेका छन्। लक्ष्य र योजनाबिना गठन गरिएका यस्ता स्थानमा सरकारले करोडौं खर्च गरे पनि प्रभावकारिता शून्य छ। पदाधिकारी फुर्सदिला छन्। तलब भत्ता लिने र अनावश्यक कार्यालयका संरचना थप्नेबाहेक अन्य काम छैन।
नीति तथा योजना आयोग, जनलोकपाल आयोग, दलित विकास समिति, आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल, चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस सहिद प्रतिष्ठान, लोकसेवा आयोग, कृषि विश्वविद्यालयलगायतका संस्थानहरू कार्यकर्ता भर्ती केन्द्र बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)