छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन
ratopati.com · Wed Mar 01 23:25:00 GMT 2023
तेहरान । इरानमा बुधबार सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएपछि इरानका राष्ट्रपतिले छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रपतिको वेबसाइटमा इब्राहीम रायसीले गृहमन्त्री अहमद वाहिदीलाई आक्रमणको ‘अनुसन्धानको नतिजाबारे निरन्तर जानकारी’ उपलब्ध गराउने जिम्मेवारी दिएको उल्लेख छ ।
एक सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ । उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानीका तीन गरी कम्तीमा १० वटा छात्रा विद्यालयलाई निशाना बनाइएको सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)