कांग्रेस सभापतिमा लड्ने महामन्त्री कोइरालाको घोषणा
ekantipur.com · Sat Sep 11 16:28:15 GMT 2021
पूर्वी नवलपरासी — पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिको गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् ।
कांग्रेस देवचुली नगर कार्यसमितिले शनिबार निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गर्न आएका महामन्त्री कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू सभापतिमा लड्ने बताएका हुन् । ‘नवलपुर मेरो गृहजिल्ला हो, जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङबाट महत्त्वपूर्ण घोषणा गर्नु हुन्थ्यो, मैले पनि मेरो गृहजिल्लाबाट सभापतिमा लड्ने महत्त्वपूर्ण घोषणा गर्दछु,’ महामन्त्री कोइरालाले कार्यकर्तासँग भने । उम्मेदवारीको औपचारिक घोषणा भने पछि गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)