मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेवाप्रवाह चुस्त बनाउने छौँ: परराष्ट्रमन्त्री

gorkhapatraonline.com · Thu Feb 02 00:46:08 GMT 2023

काठमाडौँ, माघ १९ गते । नेपालको परराष्ट्र नीतिलाई थप छलफल गरेर सार्वजनिक गरिने भएको छ । दुई वर्षअघि बनेको परराष्ट्र नीतिमा व्यापक छलफल नभई मन्त्रालयको वेबसाइटमा राखिएको भन्ने गुनासो बढेका बेला परराष्ट्रमन्त्री विमला राई पौडेलले त्यसलाई थप केही छलफल र सुधार गर्नुपर्ने भएमा सुधार गरेर आम मानिसको पहुँचमा पु-याइने बताउनुभयो ।

मन्त्रालयले प्रदान गर्ने जनसेवालाई चुस्त बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले मन्त्रालयमार्फत देशभित्र र देशबाहिर प्रदान गरिने सेवालाई जनताको पहुँचमा पु-याउने अभियान सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय राहदानी वितरणमा आइरहेको समस्या समाधान सुधारोन्मुख बाटोमा अग्रसर भएको छ । एक महिनाभित्र आवेदन दिएर राहदानीको बायोमेट्रिक गर्न सकिने गरी सेवा विस्तार गरिएको छ । त्योबाहेक बायोमेट्रिकको विविध विकल्पका बारेमा पनि थप छलफल जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)